Sunday, June 7, 2015

गर्मीले झन् सकस

विराटनगर ः एक्कासि बढेको गर्मीले विराटनगरको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि उखुम गर्मी हुन सुरु भएपछि बजारमा समेत चहल पहल पातलिएको  छ । मानिसहरु शितल खोज्न छहारीको भर पर्न थालेका छन् । विद्यालय तथा कलेजमा दिउँसोको सट्टा बिहानी शत्रका कक्षा सञ्चालन गरिएको छ ।
कतिपय पसलहरु साँझमा मात्र सञ्चालनमा आउन थालेका छन् । गर्मीले बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या पनि घटेको छ

हावापानी कार्यालय विराटनगरका अनुसार बुधबार विराटनगरको तापक्रम मध्यान्न न्यूनतम २७ दशमलब ४ र अधिकतम ३४ दशमलब ४ पुगेको थियो । कार्यालयकी कर्मचारी पुनम दाहालले भनिन्,‘केही दिनयता तुलनात्मक रुपमा तापक्रम बढ्दै गएको छ ।’ तापक्रम भदौसम्म बढ्दै जाने उनले बताइन् ।

गर्मी बढेसँगै विराटनगरसहित पूर्वी तराईका जिल्लाहरुमा बजार, शिक्षण संस्था, अस्पतालसहित अन्य क्षेत्रमा यसको असर देखिन थालेको छ । जिल्ला शिक्षा कार्यालय मोरङका सहायक जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्रीका अनुसार धेरै सामुदायिक विद्यालयले बिहानी सत्रको कक्षा सुरु गरेका छन् । उनले भने,‘अधिक गर्मीका कारण विद्यार्थीहरुमा स्वास्थ्य सम्बन्धी असर नगरोस भनेर बर्खे बिदा सुरु हुने अवधिसम्म बिहानी कक्षा चलाउने निर्णय भएको हो ।’ गर्मीबाट बच्न कतिपय विद्यालयले कक्षा कोठाबाहिर रुखको फेदमा साना कक्षाका विद्यार्थीलाई पढाउने गरेको उनले बताए ।
मोरङ व्यापार संघका अनुसार गर्मीमा विराटनगर बजारमा दिउँसो चहल पहल कम हुन थालेगर्मीले श्रम गरेर जीवन चलाउने वर्ग अधिक प्रभावित बनेका छन् । विराटनगर–१३ का रिक्सा चालक निकेश साहले भने,‘गर्मी बढ्न थालेपछि रिक्सा हाँक्न असजिलो हुन थालेको छ । अहिले साँझ र बिहानमात्रै यात्रु भेटिन्छन् । साहुको किस्ता तिर्न पनि कठिनाई हुन थाल्यो ।’ गर्मीले रिक्सा चालकहरुलाई धेरै समस्या भइरहेको उनले बताए ।
को छ । कतिपय पसलहरु साँझमा मात्र सञ्चालनमा आउन थालेका छन् । गर्मीले बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या पनि घटेको संघका कार्यकारी सचिव श्याम भण्डारीले जानकारी दिएका छन् । उनले भने,‘गर्मीको असर व्यापार व्यवसायमा पनि परेको छ ।’ राति अबेरसम्म पसलहरु खुल्न थालेका छन् भने साँझपख बढी चहलपहल हुन थालेको भण्डारीले बताए ।

No comments: