Thursday, June 4, 2015

रमपमलाई तीन, क्वालिटीलाई चार मुद्दा.....!!

कुमार लुइँटेल

विराटनगर ः न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पूर्वका विभिन्न उद्योगविरुद्ध छत्तिसवटा मुद्दा चलाइएको छ । रमपम चाउचाउलाई तीन र क्वालिटी विस्कुटलाई एक वर्षमा चारवटा मुद्दा चलाइएको छ । 
बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादनसमेत गुणस्तरहीन भएको पत्ता लागेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कार्वाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका प्रमुख प्रमोद कोइरालाले भने,‘नाम चलेकै उद्योगका उत्पादन न्यून गुणस्तरको पाइएपछि कार्वाहीका लागि मुद्दा चलाइएको हो ।’ ती उद्योगले उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसकेको र उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएपछि पूर्वका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कोइरालाले जानकारी दिएका छन् ।
कार्यालयले विभिन्न समयमा खाद्यान्न वस्तुको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गरेको थियो । चालू आर्थिक वर्षमा ती उद्योगलाई मुद्दा चलाइएको हो ।
See the table
 एक वर्षको अवधिमा चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई तीन र क्वालिटी विस्कुटलाई चारवटा मुद्दा दायर गरिएको  छ । केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको  छ ।

परीक्षणबाट पत्ता लागेपछि मुद्दा चलाइएको हो ।’ कार्यालयले विराटनगरसहित सुनसरी–मोरङ आद्योगिक करिडोरका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु तथा तेलको गुणस्तरबारे अनुगमन र प्रयोगशाला परीक्षणमा कडाई गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयले खाद्यवस्तुको गुणस्तर परीक्षणमा विशेष ध्यान दिएको कोइरालाले बताएका छन् ।



चालू आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय मोरङमा १७ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका ठूला उद्योगबाट उत्पादन भएका धेरै खाद्यवस्तु न्यून गुणस्तर भएको र केहीमा लेबलमा समस्या देखिएको थियो । यसरी मुद्दा चलाइएका उद्योगहरुमा तीनवटा बिस्कुट उद्योग, दश प्रशोधित पिउने पानी, सात घियू तथा तेल उद्योग र एउटा प्रशोधित चाउचाउ उद्योग रहेका छन् । यीबाहेक चिया, बेसन, प्रशोधित दूध र स्वीट्स एण्ड स्न्याक्स छन् ।

गुणस्तर कायम नगरी उत्पादन गर्ने विस्कुट उद्योगमा क्वालिटी डाइट एण्ड फूड प्रोडक्ट्स, पशुपति विस्कुट इण्डस्ट्रीज, बालाजी विस्कुट इण्डस्ट्रीज रहेका छन् ।  
यसैगरी चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई मात्र तीनवटा मुद्दा चलाइएको छ । क्वालिटी विस्कुटलाई चारवटा मुद्दा दायर गरिएको  छ । केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको  छ ।
तेल उद्योगबाट उत्पादित तेल न्यून गुणस्तरको र अयोग्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । दुगड समूहको स्वास्तिक सूर्यमुखी र श्याम एग्रो खार्जी विराटनगरको तोरी तेलको गुणस्तर न्यून भेटिएको थियो । तेलको गुणस्तर कमजोर भएको पाइएको बताउँदै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाले भने,‘आफ्ना उत्पादनको गुणस्तर कायम गर्न पनि सचेत गराइएको छ ।’
कार्यालयले विराटनगरसहित सुनसरी–मोरङ आद्योगिक करिडोरका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु तथा तेलको गुणस्तरबारे अनुगमन र प्रयोगशाला परीक्षणमा कडाई गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले बजार तथा उद्योगबाट उत्पादन हुने वस्तुको अनुगमनलाई समेत बढाइएको जनाएको  छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बजारमा गुणस्तरहीन खाद्य सामग्री विक्रीवितरण गर्नु पनि उपभोक्ता अधिकार विपरीत हो ।

No comments: