Thursday, May 28, 2015

श्रीमानको औंला किन काटियो भन्दा श्रीमतीको पनि जागिर चट् ....!!

कुमार लुइँटेल
विराटनगर : विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार गराउँदा एकजना बिरामीले जानकारीबिनै आफ्नो खुट्टाको दुई वटा औंला गुमाउनु परेको आरोप लगाएका छन्।
विराटनगर¬– ८ का विरेन्द्र झाले चिकित्सकको लापरवाहीका कारण आफूले खुट्टाका दुई वटा औंला गुमाउनु परेको बताएका छन् । उनले भने,‘दुर्घटनामा परेपछि उपचारका लागि अस्पताल गएको थिए । मलाई जानकारी नै नदिई चिकित्सकले औंला काटिएदिए ।
अस्पतालले आफ्नो औंला काटिदिएको विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै विराटनगरका विरेन्द्र झा । - See more at: http://annapurnapost.com/News.aspx/story/12378#sthash.rO05AMYJ.dpuf
विराटनगरमा बुधबार झाका परिवारले सामाजिक संघसंस्थाको पहलमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘तीन पटक अप्रेसन गरे पछि बुझ्दा स्पाइनलका डाक्टरले मेरो अप्रेसन गरेछन् । दुई वटा औंला नै काटेर फ्याँकिदिए ।’ उपचारमा संलग्न चिकित्सकले डा. सरोज कर्णले आफूलाई जानकारी नै नदिई देब्रे खुटटको दुई वटा औंला काटिदिएको झाको आरोप छ ।

गत पुस २३ गते सवारी दुर्घटनामा परी उपचारका लागि आफू विराटनगर अस्पतालमा भर्ना भएको तर डाक्टर कर्णले तीन पटक अप्रेसन गरेर औंला काटिदिएको तर परामर्शसमेत नगरेको आरोप लगाए । उनले भने,‘पछि अर्का चिकित्सकलाई देखाउँदा औंला काट्न जरुरी थिएन भनेर परामर्श दिए।'
यस विषयमा अप्रेसन डाक्टरसँग गुनासो गर्दा उनले सही उपचार गरेको भन्दै तर्किएको झाले बताए । पछि चिकित्सक प्रदीप गुप्तासँग परामर्श गर्दा उनले औंला काट्न जरुरी नभएको जानकारी गराएरै उनैले उपचार गरिदिएको झाले बताएका छन् ।
झाकी श्रीमती सीता कार्की विराटनगर अस्पतालकै कर्मचारी हुन् । डेढ दशकभन्दा अघिदेखि काम गरिरहेकी उनले पनि अस्पतालको व्यवहार ठिक नभएको बताइन् । उनले भनिन्,‘आफै काम गर्ने अस्पालमा झन राम्रो उपचार हुन्छ भन्ने विश्वासका श्रीमानलाई लगेको थिए तर हेलचेक्र्याईं गरेर औंला काटिदिए ।’
यस विषयमा अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीसँग समस्या राख्दा उनले पनि हप्कीदप्की गरेको बताए । श्रीमान झा र श्रीमती कार्कीले आफूहरु अन्यायमा परेको बताउँदै न्याय दिलाइदिन माग गरेका छन् । कार्कीलाई यो घटना पछि अस्पतालले कामबाट निकालिदिएकोले आफ्नो जागीरेको ग्यारेन्टीका लागि श्रम कार्यालयमा उजुरीसमेत दिएकी छिन् । उनले भनिन्,‘अस्पतालको विरुद्धमा काम गरेको भन्दै मलाई कामबाट पनि निकालियो ।’घटनाको सम्बन्धमा अस्पतालका जनसम्पर्क अधिकृत रितेश झाले सध्ये खुट्टा नकाटेको बरु दुर्घटनामा परेर आएपछि उपचारका क्रममा खुट्टा नै कुहिने अवस्था भएपछि अन्य अंग बचाउन औंला काट्नु परेको बताए । उनले भने,‘अस्पतालले बिरामीलाई सकेसम्म राम्रै उपचार दिएको हो ।’

No comments: