Friday, September 5, 2008

कस्कस्लाई तिर्ने कर...........?

झापा र मोरङका खोलाबाट गिट्टी तथा बालुवा निकासी गर्दा व्यवसायीहरु दोहोरो कर तिर्न बाध्य छन् ।
झापाको दमक स्थित रतुवा खोलामा जिल्ला विकास समिती इलाम र झापाका ठेक्दारले व्यवसायीसँग दुइ पटकसम्म कर लिने गरेका छन् । उनीहरुले संघीय लिम्बुवान राज्य परिषद सहित अरु संगठनलाई पनि करका नाममा पैसा दिनपर्ने बाध्यता छ ।
व्यवसायी राजन संग्रौलाका अनुसार खोलामा बालुवा र गिट्टी लिन जाने ट्रक तथा ट्रेक्टरसँग दुबै जिविसका ठेक्दारले कर लिने गरेका छन् । उनका अनुसार इलाम जिविसका ठेक्दारले प्रति ट्रेक्टर ६० र झापाका ठेक्दारले एक सय २० रुपैयाँसम्म लिने गरेका छन् ।
"केही पर इलामका ठेक्दारलाई कर बुझाएपछि दमक प्रवेश गर्ने नाकामा झापाका ठेक्दारले पनि लिन्छन्"-उनले भने । जिविस बाहेक बाटबाटै रसिद लिएर बस्ने संघीय लिम्बुवान राज्य परिषदका ,स्थानिय हंसेदुम्से र कन्चनजंघा सामुदायिक वनका प्रतिनिधिलाई पनि कर तिर्न परेको झापा कन्काई ट्रेक्टर संघका अध्यक्ष बद्री खनालले बताए । न्युनतम विस रुपैयाँ नदिए सम्म बालुवा गिट्टी ल्याउ नै दिदैंनन् -उनले भने । रतुवा खोलमा दैनिक जाने डेढसय ट्रेक्टर र ट्रकबाट यसरी विभिन्न संगठनको नाममा पैसा अशुल्ने गरिएको उनले बताएका छन् ।
संघका अनुसार मोरङको मावा र सुनझोडा खोलामा संघीय लिम्बुवान राज्य परिषद र संघीय धिमाल स्वायत्त प्रदेशका नाममा पैसा लिने गरिएको छ । ती खोलाहरुमा संगठनको विल लिएर केही युवाले पैसा अशुल्ने गरेका छन् ।
अध्यक्ष खनालले यस विषयमा झापाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा गलत तवरले कर उठाउनेलाई कार्वाही गर्ने आश्वासन पाएको बताए । सोही विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजेन्द्र श्रेष्ठले अवैधानिक तवरले कानुन विपरित कर उठाउने स्थानमा प्रहरी परिचालन गरि तत्कालै रोक्ने जानकारी दिदैं भने-कानुन विपरित कसैले काम गर्न पाउँदैन । अवैध रुपमा कर संगठनका कार्यकर्तालाई कानुन बमोजिम कार्वाही हुन्छ ।
उनले दुबै जिविसले कर उठाएर व्यवसायीलाई मार परेको विषयमा सम्बन्धित निकायसँग पनि छलफल गरिने बताए ।




No comments: