Thursday, September 25, 2008

खैरेका कार्यालयका कर्मचारी श्रमशोषणमा

झापाको दमकमा रहेका अन्तराष्ट्रिय गैह्रसरकारी र राष्ट्र संघ मातहतका कार्यालयमा कार्यरत सेक्युरिटी गार्डहरु चरम श्रमशोषणको सिकार भएका छन् ।
संयुक्त राष्ट्र संघ मातहतका कार्यालय र अन्तराष्ट्रिय संगठनमा काम गर्ने एक सय भन्दा धेरै मजदुर श्रमशोषणमा परेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ झापाले दाबी गरेको हो ।
संघका कोषाध्यक्ष सुरेश लावतीले ग्रुप फोर फाल्क नेपाल नामको संगठन मार्फ ती संघसस्थामा कार्यरत मजदुरले कवोल बमोजिम पारिश्रमिक नपाएको बताए ।
ग्रुप फोरले मासिक ६ सय डलर अर्थात ३६ हजार नेपाली रुपैयाँमा सेक्युरिटी गार्डलाई काम लगाउने राष्ट्र संघका कार्यालय र अन्तराष्ट्रिय ग्रैह्रसरकारी संस्थासँग सम्झौता गरेपनि मजदुरले भने मासि दुइ हजार २ सय रुपैयाँ मात्र पाउने गरेका छन् ।
दमकमा शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगमा कार्यरत २५, अन्तराष्ट्रिय आप्रवास सम्बन्धि संगठन -आइओएम) का ५८ र विश्व खाद्य कार्यक्रमका चारजना सेक्युरिटी गार्डले कवोल बमोजिमको पारिश्रमी पाउन नसकेको संघले जनाएको छ । १२ घण्टा काम गर्नु परेपनि थोरै पारिश्रमिक पाउने बाध्यता उनीहरुले भोग्न परेको बताइन्छ ।
संघको झापा शाखाले ग्रुप फोर फाल्कले मजदुरको श्रमशोषण नरोके संर्घष गर्ने चेतावनी दिदैं जिल्ला प्रशासन सहितका सरकारी कार्यालयमा सोमवार ज्ञापन पत्र बुझाएको छ । पत्रमा अन्तराष्ट्रिय कानुन अनुसार पारिश्रीम उपलब्ध गर्नुपर्ने, आठ घण्टा काममा लगाइनुपर्ने, सम्झौता अनुसार सोवा शुल्क दिनुपर्ने, सात दिन भित्र संघसँग छलफल चलाई समस्यालाई निकास दिनुपर्ने लगायत दश सुत्रिय माग उल्लेख छन् ।

चुलाचुलीका एकसय कित्ता जमिन मात्र वैधानिक
इलामको चुलाचुलीमा एक सय कित्ता जमिन मात्र वैधानिक रुपमा भोगचलन भएको खुलासा भएको छ ।
गाविसको अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न सरकारले खटाएको नापी टोलीले नापनक्सा सम्बन्धि काम पुरा गरेपछि यो तथ्य खुलेको हो । विवादित जग्गाकोर् सपट नापीकालागि सरकारले दुइवटा टोली खटाएको छ ।
श्रेस्ता सहितको धनीपूर्जा तयार गर्ने क्रममा एक सय कित्ता जमिन मात्र वैधानिक रुपमा स्थानियवासीले भोगचलन गरेको तथ्य खुलेको २ नम्वर नापी टोलीका प्रमुख गणेशबहादुर र्राईले बताए । चुलाचुलीमा वि.स. २०६४ मंसीर महिनाबाट शुरु गरिएको नापी गत चैतमा संम्पन्न भएको हो ।
टोली प्रमुख र्राईका अनुसार एक सय कित्ता जमिन सट्टाभर्नामा नगई त्यही बसेका बासिन्दाले भोगचलन गरेका छन् । बाँकी सबै जग्गा विवादित छन् । भोगचलनमा रहेका बैधानिक एक सय र साविक जग्गाधनी तर सरकारी जग्गा घुसेका ३ सय कित्ताको धनीपर्ूजा पर्ूजा तयार गरिएको छ् । पर्ूजा त तयार भए तर कहिले वितरण गर्ने भन्ने टुंगो छैन-उनले बताए ।
चु्लाचुलीमा बृहत रेशम खेती परियोजना संचालन गर्न वि.स.२०३० सालमा त्यहाँका बासिन्दालाई सट्टाभर्ना मार्फ झापा र मोरङका विभिन्न गाउँमा सार्ने निर्ण्र्ाातत्कालिन सरकराले गरको थियो । तरपछि सट्टाभर्नामा गएकाहरु पुन फर्केर आई बसेपछि समस्या बढ्यो- गाविसका पर्ूव अध्यक्ष ओमनारायण खनाल बताउँछन् । उनका अनुसार उतिवेला मोरङको पथरी र उर्लावारी, झापाको पृथ्वीनगर र महेशपुरमा स्थान्तरण भएका कतिपयले दुबै तर्फो जग्गा भोगचलन गर्न शुरु गरेपछि जग्गाको विवाद बढ्दै गएको हो । दुबै तर्फो जग्गा यसरी उपभोग गर्नु कानुन विपरित हो भन्छन् उनी ।
हाल खटिएका नापीका दुबै टोलीले ७ हजार ६ सय ७ कित्ता जग्गाकोे नक्सा उतार्ने कार्य सम्पन्न गरेका छन् । कूल ३ हजार २ सय ७ हेक्टर जमिनको विवाद सुल्झाएर स्थानियवासिन्दालाई स्वामित्व हस्तान्तरण गर्न सरकारले गत वर्षचुलाचुली क्षेत्रको अव्यवस्थित बसोवास समस्या समाधान समिती गठन गरेको थियो । तर समितीको समयावधि गत साउन महिनामै सकिएको छ । टोली प्रमुख र्राई भन्छन्- तर म्याद थप भए नभएको केही जानकारी नहुदाँ काम गर्न अफ्ठेरो भएको छ ।
टोलीका अनुसार चुलाचुलीमा असी प्रतिशत भन्दा धेरै जग्गा सट्टभर्नामा गएर पनि चुलाचुलीमा भोगचलन गर्नेहरुको छ । तर कति कित्ता जग्गामा यस्तो समस्या छ भन्ने जानकारी छैन् । त्यहाँको १ सय ५२ कित्ता जग्गाको मात्र लगत कट्टा हुनुले अझ धेरै समस्या भएको अनुमान गर्न सकिने र्राई बताउँछन् । उनका अनुसार ती जग्गाको लगत कट्टा गर्नु पर्ूव सूचना गरि दोहोर भोगचलन गर्नेलाई हकदाबी गर्न आग्रह गर्दा कुनै पनि निवेदन परेका थिएनन् ।
यस अघि समस्या समाधान गर्न गठित दर्ुइ दर्जन आयोगले चुलाचुलीका जग्गा विवाद सुझाउन सकेका थिएनन् । स्थानिय बासिन्दालाई यस पटक पनि जग्गामा आफ्नो स्वामित्व पाईएला भन्ने भर छैन् । वडा नं ५ का मनहाङ शेरचनले भने-यस अघिपनि धेरै वटा आयोग बने, नापजाँच गरे तर हामीलाई जग्गा धनीपर्ुजा दिएनन् । खै यसपटकको पनि त्यस्तै त होला नी ।
चुलाचुलीका बासिन्दाले सरकारलाई बुझाउन पर्ने तिरो बुझाउदैनन् । त्यहाँ जग्गाको किनवेच समेत ठप्प छ । घरायसी राजिनामाको आधारमा मात्र जग्गाको स्वामित्व एक बाट अर्कोमा सार्ने गरिन्छ । चुलाचुलीमा वि.स. २०२३ सालबाट बसोवास शुरु भएको स्थानियवासीको भनाई छ ।



No comments: