Friday, September 12, 2008

शरणार्थीका पक्षमा निर्णायक वार्ता

उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले भूटानसँग शरणार्थी मामिलामा निर्णायक वार्ता गर्ने बताएका छन् ।

केही साता अघि भारतको राजधानी नयाँ दिल्लीमा भूटानी नेताहरुसँगको छलफलमा उपप्रधान मन्त्री यादवले त्यस्तो भनाई राखेका हुन् ।
विमस्टेकको उपक्षेत्रीय बैठकमा भाग लिन पुगेका यादवले भूटानी विदेश मन्त्रीसँग त्यस्तो भनाइ राखेका थिए । यादवसँग भेटेर फर्किएर भुटानी नेता एस वी सुव्वाले यादवलाई उदृत गर्दै भने - तर भूटानले शरणार्थी मुद्दालाई पन्छाएर नेपाल-भूटानबिचको मित्रता मजवुत बनाउन वार्ता गरौं भन्ने प्रस्ताव पो ल्याएको रहेछ ।

भूटानी शरणार्थी समस्या समाधानका लागि यस अघि १५ पटक असफल वार्ता भए । ती वार्तामा भूटान गैर जिम्मेवार र पूर्वाग्रहका साथ प्रस्तुत हुने गरेका कारण समस्याले निकास नपाएको शरणार्थीको बुझाई छ । सन् २००३ मा खुदुनाबारी शिविरमा भुटानी टोली र शरणार्थी विच असहज स्थिति उत्पन्न भएपछि नेपाल भूटानबीचको वार्ता स्थगित रहँदै आएको छ ।

स्वदेश फिर्तामा चार पक्षीय वार्ता आवश्यक
स-सम्मान स्वदेश फिर्तिका लागि संर्घष गरिरहेका भूटानी शरणार्थी नेताहरुले चार पक्षीय वार्ताले मात्रै समस्या सुल्झने बताएका छन् ।

नेपाल भूटानबीच सम्पन्न १५ चरणको वार्ताबाट कुनै निकास ननिस्किएको बताउँदै शरणार्थी नेताहरुले चार पक्षीय वार्ताको माग अघि सारेका हुन् ।

झापाको विर्तामोडमा मंगलबार झापाली राजनीतिकर्मीहरु सँगको अन्तरकृयामा बोल्दै भूटानी शरणार्थी नेताहरुले द्विपक्षीय वार्ताबाट समस्या लम्व्याउन भूटान सरकार लागि परेको बताए । भूटान फर्किने वातावरण मिलाइदिन उनीहरुले नेपाल सरकारसँग माग पनि गरेका छन् ।

कार्याक्रममा भूटानी नेता डा. भम्पा र्राई, वलराम पौडेल, नारद अधिकारी, छविलाल खरेल लगायत सहभागि थिए भने झापाली राजनीतिकर्मी माओवादीका जिल्ला इञ्चार्ज झलक दर्लामी, जनमोर्चाका ज्योतिसिंह दर्लामी, एमालेका वद्री भट्टर्राई लगायत उपस्थित थिए ।

शरणार्थीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण
भुटान मानव अधिकार संगठनले भुटानी शरणार्थीको समस्या समाधान गर्न भारतको संलग्नताका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपिल पर्ठाई संगठनले शरणार्थीको स्वदेश फिर्ती भारतको सहभागिता विना असंम्भव रहेको दाबी गरेको छ ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा अमेरिका लगायतका मुलुकमा शरणार्थीको पुनर्वास शुरु भएपनि स्वदेश र्फकन चाहनेको आत्मसम्मानको रक्षा गर्दै उनीहरुलाई भुटान फर्काइनु पर्ने माग गरिएको छ । यस्का लागि भारत, नेपाल र भुटानको त्रिपक्षिय वार्ता हुनुपर्ने अपिलमा उल्लेख छ ।
हालसम्म करिव चार हजार भुटानी शरणार्थी पुर्नवासको लागि तेस्रो मुलुक गएका छन् ।


1 comment:

Anonymous said...

Dear mr. Kumar all the best for ur Creative work (blog), I appricate ur news that helps us to make familiar about our particular location, we people are always be with you, for real,truthful and fair news. All the best

Krishna Ghimire, Doha, Qatar