Saturday, September 20, 2008

भ्रष्टाचारका कारण बाध कटान

सालमा कोशी बाँध निर्माणका बेला काम गरेका नेपाली मजदुरहरुले बाँध फुटेको ठीक एक महिनापछि बाँध निर्माणका क्रममा तत्कालीन ठेकेदार र इन्जिनियरहरुले अनियमितता गरी कमजोर निर्माण गरेकाले भत्किएको बताएका छन् ।
तत्कालीन ठेकेदारहरुले इन्जिनियरस"ग मिलेर बाँध निर्माणमा कमसल सामग्री प्रयोग गर्नुका साथै तोकिएका सामग्रीहरुको उचित प्रयोग नगरेको र व्यापक भ्रष्टाचार गरेका कारण बाँध कमजोर भएको बाँध निर्माणमा खटिएका सुनसरीको प्रकाशपुरका पदम सापकोटाले बताएका छन् । भारतीय ठेकेदार र इन्जिनियरहरुको टोलीले थोरै सामान ल्याएर धेरै देखाउने र गुणस्तरहीन सामान प्रयोग गरेकाले बाँध भत्किएको सापकोटाले बताए । उनका अनुसार बाँध निर्माणमा भ्रष्टाचार भयो भनेर आवाज उठाउँदा ठेकेदार र इन्जिनियरले छजना मजदुरलाई चरम् यातना पनि दिएका थिए । तत्कालीन भारतीय ठेकेदार गोपालप्रसादले सो बाँध मर्मतको जिम्मेवारी पाएका थिए ।
माटो र तार जालीमा बालुवामात्र लगाएर उनीहरुले ढुङ्गा लगाएको प्रतिवेदन पेश गरेको सापकोटाले बताए । कोशीले हाल भत्काएको बाँधको आधाभन्दा धेरै गहिराइमा रहेको भागमा बालुवामात्र रहेको छ । कोशी ब्यारेज उत्तर राजबास सम्मका स्पर मर्मत गर्दा मजदुरको रेखदेख गर्ने जिम्मा पाएका प्रकाशपुरकै दुर्गाबहादुर विष्टले तीन वर्षेखि स्पर मर्मत नै नगरेको बताए । उनका अनुसार सो क्षेत्रमा वर्षोनी स्परहरुको मर्मतका लागि भारत सरकारले काम गर्नुपर्ने भए पनि तीन वर्षता स्परको मर्मत नगरिएको बताए । स्पर निर्माण गर्न इन्जिनियर आउने र कामै नगरी काम भएको रिपोर्ट दिने गरेको उनले बताए । एउटा जालीमा ढुङ्गा हालेर १० वटा जालीमा ढुङ्गा हालेको रिपोर्ट बनाई पैसा खाने गरेको समेत आफूले पाएको उनले दावी गरेका छन् । कामै नगरी मजदुरलाई पैसा दिएको भन्दै कतिपय भौचरमा आफूलाई हस्ताक्षरसमेत गर्न लगाएको तर आफूले नमानेको उनले बताए ।
स्पर निर्माणमा आवश्यक पर्ने तार, जाली र ढुङ्गा सरकारले पठाए पनि प्रयोग नगरी इन्जिनियरहरुले ढुङ्गा स्थानीय ठेकेदारलाइ बेच्ने, तारजाली भने नदीमा बगाउने गरेकोसमेत मजदुर विष्टले बताए । भू-आर्जन कार्यलयअर्न्तर्गत कर्मचारीका रुपमा सप्तकोशी नदीको बाँध र स्पर मर्मतमा काम गरेका सुनसरीको मधुवनका खुशीलाल चौधरीले भारतीय इन्जिनियर तथा ठेकेदारसँगको मिलेमतोमा व्यापक भ्रष्टाचार गरी गुणस्तरहीन बाँध निर्माण गरेकैले बाँध भत्किएको बताएका छन् ।

No comments: