Sunday, September 14, 2008

शरणार्थीको भुटान नै र्फकने इच्छा
दमक : भुटानी शरणर्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफूँहरुको घर र्फकने वातावरण तत्काल खुला गर्न माग गरेका छन् ।
प्रवासमा रहेको भुटानी दलहरुको साझा मोर्चा नेशनल फण्ट फर डेमोक्रेसीको एक प्रतिनिधमण्डलले काठमाण्डौमा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाई यस्तो माग गरेको हो ।
मोर्चाका अध्यक्ष बलराम पौडेललको नेतृत्वमा तीनदिन अघि राजधानी पुगेको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गर्न नपाएपछि आइतवार माओवादी नेता सिपी गजुरेल मार्फ ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा स्वदेश फिर्तीको ढोका खुला गरिनुपर्ने, समस्या समाधानका लागि भारत, भुटान र नेपालको त्रिपक्षिय वार्ता गरिनुपर्ने, शरणाथर्ाी सम्वन्धि उच्च स्तरिय र्सवपक्षिय आयोग गठन गर्नुपर्ने, भुटानी शरणार्थीलाई राजनीतिक शरणार्थीका रुपमा नेपालमा शरण दिनुपर्ने लगायत माग उल्लेख छन् ।
भारत भ्रमणका बेला शरणार्थी समस्या समाधानमा उस्को भूमिकाका लागि आग्रह गर्न पत्र मार्फ प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको पौडेलले बताए ।
शरणार्थीले स्वदेश फिर्तीको प्रकृयाका लागि नेपाल, भारत र भुटानको त्रिपक्षीय वार्ता थाल्नु पर्ने माग गर्दै आएका छन् । शरणार्थीको तेस्रो मुलुक पुर्नवास शूरु भएयता स्वदेश फिर्तीका आन्दोलन ओझेलमा परेका छन् ।

लिम्बुवानको सरकारसँग माग
दमक : संघीय लिम्बुवान राज्य परिषदले आदिवासी सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धी १६९ तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।
जल , जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार सुनिश्चित गर्नु पर्ने माग उस्ले अघि सारेको हो ।
लिम्बुवान राज्य दाबी गरिएका अरुण नदी पर्ूवका नौ वटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा र तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मार्फ आइतवार सरकारलाई ज्ञापन पत्र पर्ठाई अभिसन्धीको कार्यान्वयनका ध्यानाकर्षा गरिएको छ ।
परिषदका महासचिव मिसेकहाङले गत वर्षसेप्टेम्वर १४ तारिखकै दिन अन्तरिम संासदले अभिसन्धी बहुमतले अनुमोदन गरेकोले त्यस्को व्यवाहारिक कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिएको बताए ।

गाँजा ल्याउने शरणार्थी समातिए
दमक : लागू पदार्थ ओसार पसारमा संलग्न तीन जना भुटानी शरणार्थी झापाको दमकबाट समातिएका छन् ।
इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले शनिवार राती ११ बजे बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर २ बाट डम्बर मगर, दावा तामाङ र राजु मगरलाई समातेको हो ।
उनीहरुबाट केही परिमाणमा गाजाँ बरामद भएको प्रहरीले जनाएको छ । यस अघिपनि लागू औषध प्रयोग गरेको आरोपमा त्यही शिविरबाट तीन जना पक्राउ परेका थिए ।




No comments: