आमाको भूमिका निर्वाह गर्न पुरुषका लागि चूनैति नै हो । तरयी बुवाहरु यो चुनौति मौलदै छन् । आमा बुझ्न त्यतिबेला मात्र सकिन्छ जतिबेला त्यो भूमिकाको बिषयमा थोरै भएपनि
बुझ्ने कोसिस हुन् । आमाको माया धेरैले पाउँछन् । तर यो मायाबाट बन्चित
हुनेले बुवाबाट पाउने मायालाई पनि आमाकै जत्तिकै मान्नु पर्ने हुनसक्छ ।
Thursday, September 8, 2011
Saturday, July 23, 2011
आफ्नै पोसाकमा चिरिच्याट्ट
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४ डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र जातिय उत्सवमा पनि यो पोशाक लगाउँछिन् । भन्छिन पहिले त हाम्रा आमा हजुरआमाले मात्र लगाउनु हुन्थ्यो तर जातिय पहिचान नै हराउने भएपछि हामीजस्ता युवतीले पनि आफ्नै पोसाक रोज्न थालेका छौं ।पहिलो पटक कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
Saturday, July 16, 2011
दमकमा आधी बाटो हिंडेपछि

Monday, July 11, 2011
गुम भयो घुम, उघारियो छाता

भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले पहाडमै छँदा सिकेको बताउँदै भनेुतराईमा भने चित्रामा प्लाष्टिक मोहेरेर बनाइँदो रहेछ ।
Friday, July 1, 2011
खेतीमा बुढापाका मात्रै
झापा महारानीझोडा ७ का मदन भन्डारी बसीखाने उमेरका भए । अखाँ पनि धमिलो भयो अचेल । चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ । उमेरले साठी नाघ्यो तर, मध्य बर्खामा बाह्रछोरा तेह्र नाति बुढाको धोक्रो काँधैं माथि भने झैं छ, बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो ।
Wednesday, June 29, 2011
उल्टो मन्त्र हान्ने झापाली गाउँ
Tuesday, June 28, 2011
कर्मघरबाट बेहुली हुँदा......
जन्मघरमा लाडप्यार पाउने छोरीले कर्मघर गएपछि त्यही दर्जा र मायाममता नपाएका दृष्टान्त प्रशस्तै छन् हाम्रो समाजमा । बुहारीलाई सासुशसुराले छोरीकै दर्जा दिएको एकाध उदाहरण मात्र छन् । तर झापाको धरमपुर गाविसका उत्तमकुमार गौतमले बुहारीलाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । यसपछि शुरु भएको निर्मला कट्टेलगौतम को जीवनको दोस्रो अध्याय खुसीसाथ बितिरहेको छ । बेहुली भएर भित्रिएको कर्मघरबाटै दोस्रो विवाह भएपछि निरस भएको उनको जीवनमा बहार आएको छ ।
Friday, June 24, 2011
उदाहरणीय इटहरी, रमिते झापा

सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो ।
Monday, June 20, 2011
नाम किसानको रजाइँ…… अर्कैको ......

Sunday, June 19, 2011
अब फेरी ब्लगर
मैले लामो समयदेखि ब्लग अपडेट गर्न सकेको थिइँन । तर, फेरि समय मिलाएर दैनिक झापाका खुराक पस्कने जमर्को गर्दै छु । मेरो ब्लग हेरेर कमेन्ट गर्नुहुने सबै साथीलाइ धन्यबाद दिदैं भविस्यमा पनि सहयोगको अपेक्षा गर्छु ।
Subscribe to:
Posts (Atom)