ूआमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।ू यहि भनाईलाई आत्मसात गर्दै अघि बढीरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागिपनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्धपि उनले जन्मदेखिनै बाहिरी चक्ष्ाले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।
निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि।सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्योकी जीवन भोगाइका क्रममा निर्मलाले समयलाईपनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनलेपनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठनआईओएम मा कार्यरत निर्मलाको संघर्ष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।
दृष्टिविहिन भएर जीउन कति कठिन रहेछ त्यो पनि नेपाली परिवेशमा छोरीहरुलाई । पाइला पाईलामा समस्याका डंगुर पन्छाउनु पर्ने बाध्यता । अनि विकट गाउँमा एकजना गरिब किसानको घरमा जन्मदाँ भोग्नु परेको विवशता । यस्तै यस्तै नेपाली परिवेशमा निर्मलाले आफ्नो बालापन बिताईन् । ूहामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन् । दृष्टिविहिनतालाई पूर्वजन्मको पाप हो भन्ने मान्यता अझै हाम्रो समाजमा विद्यमान छ ू निर्मलाले भनिन् ूसडक घर विद्यालय सरकारी कार्यालय सार्वजनिक यातायात सबै स्थानमा हामी अवहेलनाको सिकार हुनुपर्छ । राज्यको नीतिपनि ठिक छैन् ।ू
यो दुई दशकको दौरानमा निर्मलाले गुल्मीको दरबारस्थान र अमेरिकाको कोलोराडो सम्मको जीवन भोगाईको वास्तविकता बुझेकी छन् । ूउनीहरु भन्दा हामी सयौं वर्षपछि छौं । त्यो अवस्थामा पुग्न धेरै मेहनत गर्नु पर्छ ।ू निर्मला भन्छिनूसबैका लागि शिक्षा भनेपनि राज्यले नारा मात्र दिएको छ । अरु केही छैन् । अझ आपांग र दृष्टिविहिनका लागि राज्य उदासिन छ ।ू
दमकको भृकुटी चौकमा डेरा गरि बस्दै आएकी निर्मलाले अमेरिकाको कोलोराडो स्टेट युनिर्भसिटीबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक गरेकी छिन् । उनको २६ महिने अमेरिकी पढाइको क्रममा छात्रवृतिमा पढ्न गएका मध्ये अब्बल दशमा परेकी थिईन् । पार्टनरसिप फर अन्डरग्रेजुएटको सहयोगमा उनले त्यहाँ पढ्न पाएको बतईन् । यस अघिका अध्ययनको चाँजोपाँजो नेप्लीज युथ अपरच्युनिटी नाम गरेको संस्थाले मिलाई दिएको थियो । ६ वर्षको उमेरबाट मात्र पढ्न शुरु गरेकी उनले भनिन-दृष्टिबिहिनहरुलाई पढ्न अझ कठिन छ । सहयोगी राखेर पढ्नु पर्छ । कतिपय अवस्थामा त मैले दुई घण्टा बसमा यात्रा गरि सहयोगी राखेर पनि पढेकी छु । सुनेर सम्झनु पर्ने बाध्याता हुन्छ । सरकारले बे्रललिपीलाई स्वीकृति नदिएको कारणलेपनि प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउनबाट आफू बन्चीत रहेकोमा उनको दुखेसो छ ।
अहिले दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा संस्कृतिक अभिमुखीकरण प्रशिक्षिकाको रुपमा भुटानी शरणार्थीलाई प्रशिक्षण दिईरहेकी निर्मला आफ्नो कामबाट सन्तुष्ट छिन् । ूमैले नेपाल र अमेरिकामा भोगेको कुरालाई नै शरणार्थीलाई सिकाउने गरेकी छु । कतिपयले अमेरिका पुगेरपनि दिदी तपाईले सिकाएको कुरा यहाँ आई काम लाग्यो भनेर फोन गर्दा आनन्द आउँछ । ू उनले भनिन ।
निर्मला फुस्रदमा रिर्पोट बनाउन र पढ्नमा व्यस्त हुन्छिन् । उनले गुल्मीमा आफूँजस्तै दृष्टिविहिन तेह्र जना बालवालिकालाई पढ्ने सहयोग जुटाउने काम गर्छिन । भन्छिन- दृष्टिविहिनता के हो भन्ने मैले जति बुझेकी छु अरुहरुले बुझेका छैनन् । त्यसैले ती बालवालिकाहरुलाई आफूँले कमाएको केही पैसा र अन्य संस्थासँग सहयोग मागेर पठाउने गरेकी छु । एकदुई जनाले यसै वर्ष कक्षा १० पुरा गर्दैछन् । यहाँको काम सकिएपछि म त्यस्तै बालवालिकालाई सहयोग गर्न चाहन्छु ।
ग्रीसमा भएको प्यारा ओलम्पीकमा पहिलो नेपाली दृष्टिविहिन खेलाडिको रुपमा उनले सर्टपुट खेलमा सहभागिता जनाएकी थिइनूतर मैले हारें । जीवनमा सैं जीत हुदैंन तर समय पर्खन र संघर्ष गर्न छाड्नु हुन्न । ू उनले भनिन् । निर्मला सेतो छडी बोकेर िहंड्नेहरुका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँछिन् । सदासयाता मात्र नभएर दृष्टिविहिनहरुलाई सहयोग र हौसला आवश्यक रहेको उनको जोड छ ।ूविचरो होइन योग्यताको कदर हुनुपर्यो ।ू सगरमाथा रेडियोमा समानताका स्वर नाम गरेको कार्यक्रम चलाएदेखिनै उनले दृष्टिविहिन र अपांगहरुको पक्षमा काम गर्न शुरु गरेकी थिइन् । भन्छिन्-म सकुन्जेल मेहनत गर्छु । अहिले डिग्री गर्न बाहिर जाने सोचाई पनि छैन् ।
उनले जीवन भोगाईका क्रममा धेरै तिता मिठा अनुभव संगालेकी छन् । एक पटक तत्कालिन राज्यमन्त्री शसी श्रेष्ठले एउटा कार्यक्रममा तपाईहरु आँखा नभएको भनेर सम्बोधन गरेपछि उनले मन्त्री ज्यूलाई यथार्थ बताउने सोचाईले प्रहरीको वाकीटकीबाट कार्यक्रम स्थलबाट बाहिरीन लागेका मन्त्रीलाई हामीहरु आँखा भएका तर नदेख्ने चािहं हौं भनेर भनेको र पछि स्टाफ कलेजमा भएको अर्को कार्यक्रममा तीनै मन्त्रीले दृष्टिविहिन भनेर सम्बोधन गरेको घटना उनले सम्झीहरने एउटा घटना भएको बताईन् ।
निर्मला आफ्नो कमाईबाट परिवारको गर्जो समेत टार्छिन । आमालाई भर्खरै मात्र सोलार प्लानल र ग्यास चूल्हो पठाईदिएको बताउँदै भनिन- अब हिजोकाजस्ता दुखका दिन छैनन् । निर्मलाकी दिदी नेपालकै पहिलो स्नातकोत्तर गर्ने दृष्टिविहिन भएर पनि काठमाण्डौंमा प्राथमिक तहको विद्यालयमा शिक्षिका भएर काम गर्न बाध्य भएको सुनाउँदै उनी भन्छिन्- दृष्टिविहिनहरु पनी सक्षम छन् । तर उनीहरुको मूल्याँकन पनि त्यस्तै गरी हुनुपर्यो ।
आफूँ र आफ्नो सोचाईसँग मन मिल्ने पुरुष आए विवाह गर्न आफूँ तयार रहेको बताउँदै निर्मला भन्छिन्- मलाई मन पराउने धेरै थिए । त्यतिबेला विवाहको उमेरपनि भएको थिएन् । अब विस्तारै गर्नु पर्छ । यो एउटा प्रकृया हो समय आएपछि आँफै भईहाल्छ ।