Tuesday, July 29, 2008

शरणार्थी लैजान भुटानलाई दबाव दिन आग्रह

दमक/प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई भुटानी शरणार्थी समस्या समाधानमा भुटान सरकारलाई दबाव दिन आग्रह गरिएको छ ।
भुटान मानव अधिकार संगठनले आज कोईरालालाई अपिल पर्ठाई श्रीलंकामा हुने पन्ध्रौ र्सार्क सम्मेलनमा समस्या समाधानकालागि भुटानका प्रधानमन्त्रीको ध्यानाकर्षा गर्न आग्रह गरिएको हो ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा लामो समय देखि समस्या अल्झदा स्वदेश र्फकन इच्छुक शरणार्थीको मानव अधिकारको संरक्षण हुन नसकेको उल्लेख छ ।
शरणार्थीको तेस्रो मुलुक पर्ुनवास शुरु भईसकेको अवस्थ्ाामा स्वदेश फिर्ती पक्षधरको अधिकार रक्षाकालागि स्वदेश फिर्तीको ढोका खोलिनु पर्ने माग संगठनले गरेको छ ।

No comments: