Sunday, July 27, 2008

Damak News

कट्टी हान्ने चार पक्राउ
/झापाको दमक १० का युवा रविन सेढा“इलाई कट्टी प्रहार गरि घाइते बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती धारिलो हतियार सहित दमक १४ का सोमित तामाङ, मनोज तामाङ,आशिष तामाङ र अंकित भण्डारीलाई इलाका प्रहरी कार्यालको गस्ती टोलीले पक्राउ गरेको हो ।
आपसी विवादमा ती युवाले सेढा“इलाई कट्टी प्रहार गरेका थिए । शरिरको विभिन्न भागमा चोट लागेका उनलाई थप उपचारकालागि धरान पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


चक्का जाम
दमक/उपराष्ट्रपति परमानन्द झाको राजिनामा माग गर्दै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीले आज महेन्द्रराजमार्गमा डेढ घण्टा चक्का जाम गरेका छन् ।
दमकको इट्टाभट्टा चौकमा जम्मा भएका विद्यार्थीले सवहिान साढे नौ बजेसम्म यातायातका साधन चल्न दिएनन् ।
विद्यार्थीेले चर्का नारावाजी गर्दै झाले राजिनामा नदिउन्जेल आन्दोलन जारी राखिने चेतावनी दिए ।
विद्यार्थीको पर््रदशन र चक्का जामका कारण त्यहा“ ठूलो संख्यामा यातायातका साधन लामा लागेका थिए ।



दरवन्दीका प्रहरी कार्यालयमा छैनन्
दमक/दरबन्दी अनुसार पदपर्ूर्ती नभएपछि झापाको शिवगंजमा प्रहरीलाई काम गर्न समस्या भएको छ ।
त्यहा“ स्थित इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरी दरबन्दीको छ ।तर जिल्ला प्रहरी कार्यालयले ९ जना प्रहरीलाई खटाए पछि ठूलो कार्याक्ष्ँेत्रमा प्रहरीलाई काम गर्न समस्या भएको हो ।
कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक रहनु पर्ने व्यवस्था भएपनि विगत तीन महिना देखि बहालमा रहेका प्रमुख राजेन्द्र चुडा“ल कार्यालय आएका छैनन् । उनलाई जिल्लाले अन्य काममा खटाएपछि कार्यालय अर्सइको नेतृत्वमा चलिरहेको प्रहरी स्रोतले बताएको छ ।
अर्सइ बलभद्र आर्चायले पा“चगाछी, महाभारा र शिवंगज गाविसको सुरक्षा अवस्था त्यहा“बाट हर्ेर्ने गरिएको बताउनु हुन्छ । कार्यालयको सवारी साधानपनि केही समय पहिले जिल्लाले नै लगेको थियो ।

No comments: