Tuesday, July 29, 2008

यौन धन्दा चलाउने संचालक र युवती पक्राउ

दमक/होटलमा महिला कामदार राखेर यौन धन्दा चलाउने दमक १० का दर्ुइ जना होटल संचालक सहित नौ जनालाई पहरीले समातेको छ ।
गएराती साढे दश बजे प्रहरीको गस्ती टोलीले स्थानिय पाथिभरा खाजा घरका संचालकद्धय रोशन श्रेष्ठ र नारायण श्रेष्ठ सहित उनीहरुलाई समातेको हो ।
पक्राउ पर्ने अन्यमा होटलका पा“च जना महिला कामदार र अन्य दर्ुइ युवा छन् ।
प्रहरी निरिक्षक गोविन्दराज काफ्लले होटलहरु आठ बजे सा“झ बन्द गर्नुपर्ने सहमती यस अघि प्रशासन र व्यवसायी बीच भएको बताउनु भयो । तर नियमको बर्खिलाप गरेकोले छापा मारिएको उहा“ले बताउनु भयो ।
प्रहरी होटलमा छापा मार्न जा“दा झगडा गरिरहेका ग्राहक भने उम्कन सफल भएको प्रहरीको भनाई छ । दमकका होटलहरुमा यौन धन्दा चलाइएको खवर र्सार्वजनिक भएपछि प्रहरीले निगारनी बढाएको हो ।

No comments: