Monday, July 28, 2008

सडकमा टायर बालेर विरोध


उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ लिएको विरोधमा आज झापाको दमकका विद्यार्थी विहानै देखि पर््रदशन गरेका छन् ।
स्थानिय क्याम्पसमोडमा जम्मा भएका विद्यार्थीले सडकमा टायर बालि अवरोध सृजना गरेका छन् । विद्यार्थीले यस क्षेत्रका सम्पर्ूण्ा नीजि तथा सरकारी क्याम्पसको पठन पाठन ठप्प बनाएका छन् ।
क्याम्पसमोडबाट निस्किएको विरोध जुलुस गणतन्त्र चौकमा विरोध सभामा परिणत भएको थियो ।
सभामा अखिल क्रान्तिकारीका झापा अध्यक्ष प्रविण मिश्र, सोही संगठनका दमक क्याम्पस इकाई अध्यक्ष नवराज सुबेदी, एमाले निकट अखिलका रमेश भट्टर्राई, किरा“त र्राई विद्यार्थी संघका शुशिल र्राईले बोल्नु भएको थियो ।
बक्ताले हिन्दीमा सपथ लिएर राष्ट्रियता माथि धावा बोल्ने उपराष्ट्रपतिले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरे ।
विद्यार्थीको आन्दोलनका कारण दमकको सम्पर्ूण्ा बजार पर्ूण्ा रुपमा बन्द छ भने र्सार्वजनिक यातायातका साधन चलेका छैनन् । आजै स्थानिय हिमालय उच्च माविका विद्यार्थीले पनि विरोध पर््रदशन गरेका छन् ।

No comments: