Thursday, July 31, 2008

ज्वरोले सिंगो टोल थलियो

महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्षमाई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।

No comments: