Tuesday, July 29, 2008

दमक संक्षेप

महिला लुटिइन
दमक
ः खुद्रा पैसा साट्न आएका दर्ुइ लुटेराले मंगलवार झपाको दमकमा महिलाको गहना लुटेका छन् ।
गौरीगन्ज ८ घर भएकी दिनादेवी र्राई बसपार्कमा आएपछि अपरिचित ती युवाले दिदी खुद्रा पैसा भए दिनुस भन्दै उनले लगाएको सिक्री थुतेर भागेका थिए ।
पीडितले तीस हजार मूल्य बरावरको एक तोला चार आना सुनको सिक्री ती लुटेराले थुतेर भागेको बताईन् ।
उनी धनकुटाबाट गौरीगन्ज र्फकदै गर्दा दमक बसपार्कमा गाडि पर्खिएर बसेको बेला घटना भएको थियो ।

चारजनालाई र्सार्वजनिक मुद्धा
दमक
झापा दमकका युवा रविन सेढार्“इलाई कट्टी पहार गरि र्घाईते बनाएको घटनामा संलग्न चारजनालाई र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा चलाइएको छ ।
तीन दिन अघि वडा नं १० का सेढार्“इलाई ती युवाले आपसी विवादमा कट्टी प्रहार गरेका थिए ।
अंकित भण्डारी, मनोज तामाङ, सोभित तामाङ र आशिष तामाङलाई मंगलवार मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैबीच श्रीमती सीतालाई खुकुरी प्रहार गर्नेे दमक १० का ओम दाहाललाई ज्यान मार्ने उद्योगको मुद्धा चलाइएको छ । तर दाहाललाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

पाठ्य पुस्तक वितरण
दमक
ः उप्का नेपालले झापाको दमकका गरिव तथा दलित विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराएको छ ।
दमक १०, १२, १४ र १५ नम्वर वडाका एकचालिस जना कक्षा ६ र १० का विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको संस्थाका जीवन नेपालीले बताउनु भयो ।
संस्थाले बाल अधिकारकालागि काम गर्दै आएको छ ।

No comments: