Tuesday, July 29, 2008

काठ तस्कर समातिए

दमक/अबैध रुपमा काठ ओसार्ने दर्ुइ जना झापाको लखनपुर १ स्थित पाडाजु“गीबाट पक्राउ परेका छन् ।
गएराती दमक सिमावर्ती इलाम चुलाचुली स्थित सामुदायिक वनको काठ लुकाई छिपाई साइकलमा ल्याईरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका चुलाचुली ४ का बेनु श्रेष्ठ र काजी श्रेष्ठबाट ६ किवी चिरान काठ बरामद भएको जानकारी दिएको छ ।
चुलाचुली क्षेत्रबाट दैनिक ठूलो परिमाणमा अवैध रुपमा चिरान गरिएका काठ झापाको दमक तर्फल्याउने गरिएको छ ।

1 comment:

Unknown said...

yo kam ta rokna pare nai bhaye ko 6.police le kadai garnu par6.
mitu.