Sunday, July 27, 2008

ठाउ“ ठाउ“मा पुत्ला दहन

दमक १३, साउन ः उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको विरोधमा आइतवार पश्चिम झापामा सडकमा यातायात पर्ूण्ा रुपमा ठप्प पारिएको छ ।
जिल्लाको दक्षिणी गाविसहरुमा पनि उपराष्ट्रपति पुत्ला दहन गरिएको छ । शिवगंजमा युवाले विहान १० देखि एक घण्टा बजार बन्द गराएका छन् ।
सुरुङा, दर्ुगापुर, माइधार, धरमपुर र दमकमा सडकमा टायर बाली यातायातका साधन चल्न दिइएको छैन् ।
माईधारमा विहान नौ बजे देखि अलपत्र परेका बोलबमका तर्ीथ यात्री लाई तीन घण्टापछि गन्तब्य तर्फजान दिइएको थियो ।
सडकमा लाठी मुङग्री लिएर बसेका युवाले उपराष्ट्रपति झाको राजिनामा माग गर्दै चर्का नारावाजी गरेका छन् ।

No comments: