Thursday, July 31, 2008

होटलमा हुने यौन विकृति रोक्ने सहमती

दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिन भित्र र्सवपक्षिय समिती गठन गर्ने र समितीले अनुगमन गरि निष्कर्षनिकाल्ने निर्ण्र्ाासमेत गरेको छ ।
त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो । दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो

No comments: