Wednesday, August 6, 2008

बन्दले झापामा जनजीवन प्रभावित

दमक : झापाको पश्चिमी ग्रामीण भेगमा पा“च दिन देखि जारी यातायात बन्दका कारण जनजीवन कष्टकर बनेको छ ।
जिल्लाको दमक हुदैं गौरादह, गौरीगन्ज, बैगुन्धुरा लगायत ग्रामीण भेगसम्म चल्ने यातायातका साधान शनिवारबाट ठप्प छन् ।
गौरादहमा सुकुम्वासी र स्थानिय राजनीतिक दलका कार्यकर्ताको विवादका कारण त्यस क्षेत्रमा यातायातका साधन बन्दगराइएको हो .
दर्जनको संख्यामा चल्ने जीप र त्यतीकै संख्याका मिनी बसहरु गौरादह गौरीगन्ज सडकमा नगुडेको यातायात व्यवसायीले बताएका छन् । त्यस क्षेत्रमा विद्यलाय तथा कलेजहरुपनि बन्द छन् ।
काग्रेंसका स्थानिय नेता सियाराम राजंवशी र सुकुम्वासीको विवादले राजनीतिक रुप लिएपछि गौरादहको यातायात बन्दलाई बुधवारबाट आम हड्ताल बनाइएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेको अखिल नेपाल सुकुम्वासी संघले पक्राउ कार्यकर्तालाई नछाडिन्जेल आम हड्ताललाई निरन्तरता दिइने जनाएको छ ।
जिल्ला अध्यक्ष कविराज गौतमले बुधवारबाट आम हड्ताल शुरु गरिएको बताए ।
कांग्रेसका स्थानिय नेता सियाराम राजवंशीलाई दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका गौरादह ३ का गोपाल मिझार, सावित्रा मिझार, कलुवा ताजपुरिया र मिक्नी धिमाललाई र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताएका छन् ।
यसैबीच बन्दका कारण बुधवारपनि झापाको ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । झापाको दमकमा यातायात, बजार र शिक्षण संस्था पूर्ण रुपमा ठप्प छन् । बन्दकर्ताले ठाउँ ठाउँमा सडकमा अवरोध गरेका छन् ।
दमकको रतुवा पुलमा बन्दकर्ताले मोटरर्साईकलका चाबी थुतेपछि सयौं संख्यामा मोटरर्साईकल चालक अलपत्र परेका छन् । बन्दकर्ताले विर्तामोड लगायत स्थानमा पनि नारवाजी र जुलुस गरेका छन् ।
यसैबीच दुइ दिन देखिको झापा बन्दका कारण दमकमा लाग्ने साप्ताहिक पशु बजार प्रभावित बनेको छ ।
बजारमा बस्तु भाउको किनवेच घटेको व्यवसायीले बताएका छन् । कतिपय व्यापारीहरुले बस्तु भाउ बजारसम्म ल्याइएपनि किनवेच भने हुन नसकेको गुनासो गरेका छन् ।
भारत दरभंगाबाट बस्तु किनवेच गर्न आएका प्रकास यादवले आज अपेक्षित रुपमा कारोवार हुन नसकेको बताए ।
उनी जस्तै तोपगाछीका व्यापारी नन्दुराम लिम्बुले पनि बस्तुको किनवेच आज ठप्प प्राय रहेको जानकारी दिएका छन् ।
पूर्वान्चलकै ठूलो मानिने दमकको पशुबजार यस वर्ष ५० लाख रुपैया“मा नगरापालिकाले ठेक्का लगाएको हो ।




No comments: