Friday, August 22, 2008

३ महिनादखि भारतको क्लिनिकमा बन्धक

भूटानी शरणर्थी शिविर बेलडाँगीकी एक महिला उपचार गरेको खर्च तिर्न नसक्दा ३ महिनादखि क्लिनिकमा नै बन्धक बनेर बस्न बाध्य भएकी छन् ।
बेलडाँगी २ निवासी तुलमाया गुरुङ भारतको सिलिगुडी स्थित डा.चाङको क्लिनिकमा यसरी बन्धक बनेकी हुन । उपचार गर्दा भएको खर्च २ लाख रुपैया तिर्न नसकेपछि त्यहीँ बस्नु परेको आफन्त महेन्द्र गुरुङले जानकारी दिएका छन् ।
घरायसी बिवादका कारण आफ्नै श्रीमानले चिरपटले टाउकोमा प्रहार गरि गम्भिर घाइते बनाएपछि तत्काल उपचारको लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो । तर आम्दा अस्पतालमा उपचार सम्भब नहुने भएपछि उक्त अस्पतालले डा. चाङकहाँ लैजान रिफर गरेको थियो ।
यसरी बन्धक भएर बस्नु परेपछि उनका आफन्तले युएनएचसीआर लगायत अन्य संघ संस्थाहरुमा समेत सहयोगको माग गर्दा पनि कसैले केही नदिएपछि अहिले टाउकोमा लागेको चोट निको भए पनि तुलमाया मानसिक रुपमा असन्तुलित अवस्थामा नै दिन बिताइ रहेकी छिन् । यता कुटपिट गरेको आरोपमा श्रीमानलाई भने कारवाइका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

No comments: