Friday, August 8, 2008

छोटकरी समाचार

लिम्बुवानद्धार घर कब्जा
लिम्बुवान भोलेन्टियर्सले झापाको दमकमा दुइ वटा घर कब्जा गरेका दाबी गरेका छन् । यो संगठन सघीय लिम्बुवान राज्य परिषद सँग आबद्ध छ ।
दमक १० स्थित एक तले घर र दमक १ बस्ने उर्मिला योङहाङको घर कब्जा गरेको संगठनका उपसंयोजक तेन्दोङले बताए ।
ती घर नेपाल बैक र बाणिज्य बैकको लिलामीमा परेका सरकारी संम्पती हुन् ।

जनजातिको माग पुरा गर्न आग्रह
आदिवासी जनजातिको अग्राधिकार संवैधानिक रुपमा संस्थागत गरिनुपर्ने आज झापाको दमकमा आयोजना गरिएको कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
आदिवासी जनजाती पत्रकार संघले आयोजना गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ र वर्तमान अवस्था विषयक छलफलमा बोल्दै वक्ताले जनजातिको अग्राधिकारको ग्यारेण्टी कानुनी रुपमा अब बन्ने संविधानमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोलदै संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले विगतमा जनजाति माथि भएको दमनको क्षतिपूर्ति स्वरुप उनीहरुको अधिकारको संवैधानिक व्यवस्था हुनुपर्ने बताए ।
उहाँले जल, जंगल र जमिनमा जनजाति आदिवासीको अधिकार सुनिश्चित गर्ने काम राज्यको हो भने ।
कार्यक्रममा किराँत याक्थुम चुम्लुङका केन्द्रीय सदस्य धिरेन लावती, तराई आदिवासी जनजातिहरुको एलायन्सका अध्यक्ष कुन्जीविहारी ताजपुरिया, आदिवासी जनजाति पत्रकार संघका झापा उपाध्यक्ष बिष्णु सुब्बा र अधिवक्ता मकवान सुब्बाले पनि बोलेका थिए ।

सहमति कार्यान्वयन भएन
झापाको दमकमा संचालित होटल तथा रेष्टुरामा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न समिति गठन गरि काम थाल्न गरेको सहमति कार्यान्वयन हुन सकेको छैन् ।
साता अघि इलाका प्रहरी दमकमा भएको सर्वपक्षिय छलफलले एक समिति गठन गरि तत्कालै काम थाल्ने सहमती गरेको थियो । तर काम शुरु हुन नसकेको बताउँदै प्रहरी निरिक्षक गोविन्दराज काफ्लले यस विषयमा पुन छलफल चलाईने बताए ।
दमकका होटल र रेष्टुरामा यौन व्यापार हुने गरेको जनगुनासो आएपछि प्रशासनले र्सतकता बढाएको थियो । यस क्रममा केही होटलमा छापा समेत मारिएको थियो ।







No comments: