Sunday, August 24, 2008

छोटकरी समाचार

सवारी दुर्घटनामा मृत्यु भएका चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपूर्ती दिनपर्ने माग गर्दै आजपनि दमकमा यातायात अवरुद्ध गरिएको छ ।
विहानै देखि सडकममा जम्मा भएका युवाले सडकमा यातायातका साधन चल्न दिएका छैनन् । पूव पश्चिम राजमार्गको दमक खण्डमा यातायात बन्दका कारण भारत तर्फसामान बोकेर हिंडेका सयौं मालवाहक ट्रक अलपत्र परेका छन् ।
निजी कारमा सवार थुलुङको असार ३० गते मोरङको दुलारीमा सडक दुर्घटनामा मृत्यु भएको थियो । धरानका हिरा उदासको बसले ठक्कर दिदा उहा“को मृत्यु भएको परीवारले बताउदैं आएका छन् । क्षतिपूर्तिको विषयमा आज मोरङको बेलवारीमा वार्ता भईरहेको आन्दोलन समितीका संयोजक लोकसागर सम्वाले बताउनु भयो ।


झापा र मोरङका ६ वटा शिविरका भुटानी शरणार्थीलाइ परिचय पत्र वितरण गर्ने कार्य संम्पन्न भएको छ ।
शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र गृहमन्त्रालयका पतिनिधिले दमकको बेलडा“गी १,२ र ३ तथा शानिश्रे,खुदुनावारी र टिमाई शिविरमा वितरण पुरा गरेका हुन् । पछिल्लो पटक टिमाईका ९ हजार ८ सय शरणार्थीलाई परिचय पत्र वितरण गरिएको वितरण टोलीका संर्म्पर्क अधिकृत बसन्तराज पुरीले बताउनु भयो ।
१६ वर्षमाथिका शरणार्थीलाई व्यक्तिगत परिचयका लागि पत्र वितरण गर्न थालिएको हो । सातै शिविरका ६० हजार बढी शरणार्थीले परिचय पत्र पाउने बताइएको छ ।


सप्तकोशीका बाढी पीडितको राहतका लागि झापाको दमकमा राहत संकलनको कार्यलाई तिव्रता दिइएको छ ।
स्थानिय गन्तब्य थिएटरले सडक विभिन्न स्थानमा सडक नाटक गरि राहत जुटाएर सहयोग संकलनको कार्य अघि बढाएको छ ।
क्लाकारहरुले आजबाट समावेशी नाटक प्रदर्शनी गर्ने संस्थाका उपाध्यक्ष इन्द्र सुब्बाले बताउनु भयो । यसै गरि नेपाल औषधि व्यवसायी संघले , दमक नगरपालिका, अखिल क्रान्तिकारी, मोडल कलेजले पनि राहत संकलनलाई तिव्रता दिइ रहेका छन् ।
संकलित सहयोग कोशी गएर पीडितलाई दिइने ती संस्थाहरुले जनाएका छन् ।



No comments: