Thursday, August 14, 2008

सागसब्जी छोइनसक्नु भयो

दमक/ लगातारको बन्दले झापामा सागसब्जीको मूल्य पचास प्रतिशत भन्दा धेरैले बढेको छ । कतिपय पुर्वी सहरमा सहरमा उपभोग्य वस्तुको समेत अभाव शुरु भएको छ ।

यातायातका साधन चल्न छाडेर ढुवानी हुन नसक्दा अति उपभोग्य वस्तुको मूल्य बढेको व्यवसायीले बताएका छन् ।

झापामा पाच दिन यता धनकुटा र धरानबाट सब्जी ढुवानी हुन नसकेको व्यवासीले बताएका छन् - पसलमा सब्जी छैन्, यस्तै हो भने भोलिदेखि आलु र प्याज पनि नपाउने अवस्था छ दमकका एकजना पशलेले भने ।

केही समय अघिसम्म प्रतिकेजी २० रुपैयाँमा विक्री हुने बन्दाकोबी रु ५०, रु ३० को खुर्सानी १ सय , २० को प्याज ३२, १० को आलु १५ र रु ८ को पर्वल १६ रुपैया“ प्रतिकेजी भएको छ । अन्य सब्जीको मूल्य पनि दोब्वर भएको छ ।

दमकमा छिमेकी गाविसबाट भित्रने साग सब्जीपनि आउन छाडेको व्यवसायीले बताएका छन् । यहा“ गौरादह, सतासीधाम, धरमपुर, लखनपुर , गौरीगन्ज , महारानीझोडा लगायत गाविसबाट सब्जी आउने गरेको बताउ“दै अर्का व्यवसायी भन्छन्- बजारमा टमाटर पाउन छाड्यो । अरु वस्तुको मौज्जात पनि छैन् ।

ग्यासको अभाव भएको एकसाता नै भइसक्यो। पेट्रोल विभिन्न पशलहरुमा दुइ सय रुपैया प्रतिलिटर बिक्री भई रहेको छ । यहाँ बिक्री हुने पेट्रोल भारतीय बजार सिलीगुडी र पानीटंकीबाट ल्याउने गरिएको छ । बजारमा ग्यासको समेत हाहाकार छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थी नविन अधिकारीले ग्यास सकिएर ट्याङको रित्तिएको एकसाता वित्न लाग्दापनि नपाएको बताए ।

पाच दिन देखिको बन्दका कारण भुटानी शरणार्थीलाई सहयोग गरिरहेका संस्थाले प्रहरी सुरक्षामा उपभोग्य वस्तु दमक भित्राएका छन् । यसैबीच जारी बन्दलाई चालक परिचालक संघ दमकले र्समर्थन गर्दै व्यवासीको माग प्रति सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । विज्ञप्ती प्रकासित गरि संघले त्यस्तो माग अघि सारेका छन् ।

अन्धकार न.पा.

दमक/ नगरपालिका क्षेत्रमा रहेर पनि झापाको दमक १६ स्थित टुकुरे झोडाका बासिन्दा रातमा टुकी बाल्न बाध्य छन् ।

त्यहाँ विद्युत विस्तारका लागि नगरपालिका र विद्युत प्राधिकरण लाई आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानिय झरुराज ढकालले बताउनु भयो ।

त्यो टोलका २७ परिवार विद्युत विस्तार नभएकोले समस्यामा रहेको उहा“ले बताउनु भयो । विद्युतले आगामी वर्षो योजनामा मात्रै त्यहाँ विद्युत विस्तार गरिदिने आश्वासन दिएको बताइएको छ ।

बढ्यो ज्वरो

दमक/ झापाको दमक, सिमावर्ती गाविस र इलामको चुलाचुली क्षेत्रमा ज्वरोका रोगीहरुको बढेका छन् ।

गर्मी सँगै ती क्षेत्रमा अन्य रोग भन्दा तुलनात्मक रुपमा ज्वरोका रोगी बढेका हुन् । चुलाचुलीको माओवादी डिभिजन मुख्यालय र मातहतका शिविरमा पनि ज्वरोका रोगी बढेको मुख्यालयले जनाएको छ ।

आम्दा अस्पतालका चिकित्सक डम्बर दासले अन्य रोगीको तुलनामा ज्वारोका रोगीको संख्या अलि बढी भएपनि प्रकोपको रुपमा भाइरल भिवर भने नफैलिएको बताउनु भयो ।
शरणार्थीको दर्ता शुरु दमक/ छुटेका भुटानी शरणार्थीको रजिष्ट्रेसन कार्य आउँदो भदौ २ गतेबाट शुरु हुने भएको छ । भुटानबाट नेपाल आएका र शरणार्थी मान्यता नपाएका एक हजार ५ सय जनाले रजिष्ट्रेसन कार्यका लागि निवेदन दिएका छन् । गृह मन्त्रालयका अधिकारी बशन्तराज पुरीले उनीहरुले रजिष्ट्रन पछि मात्र शरणार्थीको मान्यता पाउने छन् । अहिले झापा र मोरङका शिविरमा एक लाख ५ हजार शरणार्थी बस्दै आएका छन् ।
शरणार्थीको दर्ता शुरु
दमक/ छुटेका भुटानी शरणार्थीको रजिष्ट्रेसन कार्य आउँदो भदौ २ गतेबाट शुरु हुने भएको छ । भुटानबाट नेपाल आएका र शरणार्थी मान्यता नपाएका एक हजार ५ सय जनाले रजिष्ट्रेसन कार्यका लागि निवेदन दिएका छन् । गृह मन्त्रालयका अधिकारी बशन्तराज पुरीले उनीहरुले रजिष्ट्रन पछि मात्र शरणार्थीको मान्यता पाउने छन् । अहिले झापा र मोरङका शिविरमा एक लाख ५ हजार शरणार्थी बस्दै आएका छन् ।

No comments: