Monday, August 11, 2008

धन्दावाल समातेर धन्दा रोकिए पो ...............

पूर्वका प्रमुख सहरी क्षेत्रका होटलमा युवतीहरु राखेर अवैध यौनधन्दा चलाउनु सामान्य मानिन्छ । इटहरी, धरान, विर्तामोड त यो धन्दाका लागि गनिएकै सहर थिए । तर केही समययता दमकमा पनि यो व्यवसायले फष्टाउने अवसर पाएको छ ।

दमकका होटल र रेष्टुराहरुमा प्रशस्तै युवतीले गैह्रकानुनी रुपमा धन्दामा सहभागिता जनाएका छन् । केही अघि एउटा होटल यस्तै धन्दा चलाएको पुष्टी भएपछि बन्द नै भयो । आज अर्को होटलबाट युवती सहित संचालिका पक्राउ परेपछि युवतीहरु राखेर अवैध यौन धन्दा सञ्चालन हुने गरेको पुष्टी नै भएको हो । तर पक्राउ र प्रहरीको निगरानी र छापा मार्ने क्रमसँगै युवतीले होटल फेर्ने दृष्टान्तसँग प्रहरी पनि अनभिज्ञ छैन् ।

आज समातिएकामा दमक १२ स्थित बसपार्कको श्रद्धा होटलकी सञ्चालिका ममता शिवाकोटीको, होटलमा कार्यरत ४ युवती र २ युवा छन् ।

झापा धरमपुर ६ का अमर रसाइलीकी १२ वर्षीया छोरी गत साउन २१ गतेदेखि घरबाट हराएको र उनी श्रद्धा होटलमा राखिएको थाहा पाएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।उजुरीका आधारमा प्रहरीले होटलमा निरिक्षण गर्ने क्रममा अवैध यौन धन्दा सञ्चालन गराउने गरेको खुल्न आएपछि उनीहरु लाई पक्राउ गरिएको हो । तर रसाइलीकी छोरी कहाँ छिन भन्ने केही थाहा छैन् ।

अमरले छोरी अपहरणमा परेको सुनाई रहँदा म पनि अरु संचारकर्मी सँगै थिए । उनले हामीलाई पनि छोरी हराएको मनिलो स्वरमा सुनाई रहेका थिए । केही दिन पहिले यस्तै घटना भएको थियो इलाका प्रहरी कार्यालयमा । एउटी १५ वषिर्या युवती धन्दामा लागेपछि आमा चाँहिले छुर्टाई दिन भन्दै छोरी लिएर प्रहरीकोमा गएकी थिइन् । होटल संचालकलाई पनि प्रहरी कार्यालयमा बोलाई छलफल भएको थियो तर के सहमती भयो कुन्नी ती सानी, पातली नानी मैले फेरि साविककै होटललमा देखेको थिएँ ।

जे जसरी र जुन बहानामा भएपनि दमका यौन व्यवसाय फष्टाएको छ । प्रहरीले एकातिर छापा मारेर युवती पक्राउ गरि दुइ दिन खोरमा राखेर छाड्छ होटल परिर्वतन गर्छन अनि धन्दा सुरु भईहाल्छ । प्रहरीले अनुगमन समिती बनाउन साता अघि गरेको सहमतीपनि कार्यान्वय हुन सकेन ।

आज एकाध महिला गएर धन्दा चलाउने शिवाकोटीलाई कार्वाही गर भन्दै प्रहरी कार्यालय घेरे, ढुंगा पनि हाने तर वार्ता गर्ने भनेर साँझमा भिंड आफैं र्साईड लाग्यो ।

आज खाजा खान दमक १३ अर्को एक झुपडपट्टीमा २ साता अघि दमक १० स्थित पाथिभरा खाजा घरमा अवैध यौन धन्दा गर्ने गरेका दुइ जना युवती देखेपछि थाहा भयो यो धन्दालाई लाइसेन्स दिए फरक पर्दैन अब ।

शरणार्थी अपिल
भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कट्टेल समूहले सोमबार एक विज्ञप्ति जारी भुटानी शरणार्थीको तेस्रो मुलुक पुर्नवास कार्यक्रम रोक्न आग्रह गरेको छ ।

मोर्चाका कार्यबहाक अध्यक्ष डिआर कट्टेलद्धारा जारी विज्ञप्तिमा पुनर्वास कार्यमा संलग्न राष्ट्रहरुलाई तत्काल पुर्नवास गतिविधी रोक्न आग्रह गरिएको छ ।

शरणार्थी समस्या समाधानका लागि नेपाल भुटान बीच वार्ताको प्रसंग अघि बढेको अवस्थामा वार्ता नहुन्जेल सम्मका लागि पर्नवास कार्य रोकिनु पर्ने माग गर्दै पुर्नवासमा सघाउदै आएको आइओएम मार्फ अपिल गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भूटानी शरणार्थीको दिर्घकालीन समस्या समाधानका लागि स्वदेश फिर्तीको विकल्प नभएको उल्लेख गर्दै स्वदेश फिर्तीको पहलका लागि सबै पक्ष जुट्नु पर्ने जनाइएको छ ।


1 comment:

Bhim Prasad Ghimire said...

राम्रो छ , जारी रहोस