Wednesday, August 20, 2008

माओवादी शिविरमा लालसेना समायोजनको तयारी

संविधान सभा निर्वाचन अघिसम्म नेपाल कम्युनिष्ट पार्टी माओवादीका जनमुक्ती सेनाहरु फुर्सदमा थिए । शिविरहरुमा उनीहरुको दैनकी सामान्य रुपमा बित्ने गरेको थियो । शिविर भित्रैका भौतिक पुर्वाधार निमार्णका लागि सामान्य श्रम गर्नु, सेण्ट्री बस्नु, आफ्ना इकाईका साथी भाइसँग “इनडोर गेम” क्याराम बोर्ड, चेस, लुँडो, बाघचाल खेल्नु, पालो प्रथामा आफैं खाना बनाएर खानु बाहेक माओवादी सेनाले खासै केही गर्ने गरेका थिएनन् । तर आफ्नै पार्टी नेतृत्वमा सरकार बनेपछि शिविरको रौनक नै भिन्न बनेको छ ।
शिविरका माओवादी सेनाले संविधान सभा निर्वाचनमा पार्टीको विजय र नयाँ सरकार गठनसँगै सन्तुष्टिको श्वास फेर्न थालेका छन् । निर्वाचन अघिसम्म भविष्यप्रति चिन्तित उनीहरुलाई पार्टीको विजयले निश्चिन्त बनाई दिएको छ । राष्ट्रिय सेनामा समायोजन हुनका लागि विगतमा पनि तयार रहेका जनसेना अहिले त्यही कार्यकालागि तयारीमा जुटेका छन् । जनसेनाका सबै मुख्यालय तथा मातहतका सहायक शिविरहरुमा सेना समायोजनको तयारी तिव्रताका साथ भईरहेको छ ।
झापाको केर्खाबाट डेढ किलोमिटर उत्तर इलामको चुलाचुली १ स्थित कमलझोडाको कमलखोला फाँटमा रहेको जनसेनाको प्रथम डिभिजन मुख्यालय र मातहतका तीनवटा सहायक शिविरहरु मोरङको टाँडी र याङशिला तथा इलामको दानावारीमा सेना समायोजनमा शारिरीक र मानसिक रुपमा दक्ष बन्न एक महिनादेखि विशेष सैन्य तालिम भईरहेको छ । मुख्यालयको कार्यालय बिग्रेडका साथै रत्न सकुन्त, विप्लव सृजन र छिन्ताङ सुखानी बिग्रेड पहिलो डिभिजन अर्न्तगत पर्छन ।
यस अघि शिविरमा सामान्य कवाज, परेड र खेलकुद मात्र हुने गरेको थियो । यद्यपि शिविरभित्र फुर्सद मिल्दा नजिकका गाउँमा गई माओवादीका सेना गाउँलेका काम गर्न समेत पछि पर्दैन थिए । बाटोघाटो, पुलपुलेसा बनाउन र स्वास्थ्य शिविर चलाउन उनीहरु शिविर बाहिर निस्कन्थे । तर एक महिना यता भने उनीहरु आफ्नैलागि व्यस्त बनेका हुन् ।
माओवादीकै भनाईमा आफूँलाई व्यसायिक सेना बनाउने कार्यको पहिलो चरण अर्न्तगत क्षमता अभिवृद्धि गर्नकालागि तालिम शुरु गरिएको हो । चुलाचुली मुख्यालका सहकमाण्डर पावेलले लाल सेनालाई व्यवसायिक सेनामा रुपान्तरण गर्नकालागि विशेष सैन्य तालिम एफसी विसी शुरु गरिएको बताए । उनका अनुसार व्यवसायिक सेनालाई चाहिने आधारभुत देखि सबै किसीमको क्षमता अभिबृछ यो तालिमबाट मिल्छ । भन्छन्-यस्लाई विशष सैन्य तालिम भनिन्छ । शारिरीक र मानसिक दुबै रुपमा सेनालाईलाई दह्रो बनाउन तालिम महत्वपर्ण छ । लडाँइ लड्दा र जनतासँग घुलमिल हुन जाँदा अपनाउन पर्ने रणनीति दुबै विषयम ज्ञान दिने गरिएको उनले बताए ।
शिविर स्थापना हुदाँ र त्यपछिका केही समयसम्म पनि जनसेनाको दैनिकी उत्ति साह्रो कडा थिएन् । तर हिजोआज शिविरको अनुशासनमा कर्डाई गरिएको छ । जनसेनाहरु विहान ६ घण्टा र साँझ ३ घण्टा शारिरकी व्यायाम गर्छन । यहि अवधिमा उनीहरुले सैद्धान्तिक र व्यवहारिक सैन्य ज्ञानपनि लिन पर्छ ।
जनसेनाले ४ बजेबाट आफनो दैनिकी आरम्भ गर्नुपर्छ । ओच्छ्यान छाडेपछि उनीहरु नित्यकर्म पट्टी लाग्छन् । दिशा पिसा गरेर दौडकालागि तयार रहनु पर्छ । ५ बजे शुरु हुने दौड ६ बजेसम्म चल्छ । शिविर भित्रै र बाहिर बुट बज्जार्दै गरिने दौड लगत्तै ८ बजेसम्म पिटी परेड हुन्छ । ८ बजेदेखि १० बजेसम्मको कक्षा जनसेनाकोलागि केही परिवर्तित हो । यस अविधिमा पार्टको हेडक्वार्टरमा प्रशिक्षित सैन्य कमाण्डरहरुले हतियार चलाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन्छन् । यहि समयमा युद्धकलाका कक्षापनि हुने गरेका छन् । यसलाइ एफसीविसी-फिल्डा क्राफ्ट र ब्याटल क्राफ्ट) नाम दिइएको छ ।
चुलाचुली मुख्यालय र मातहतका तीन शिविरमा चार देखि पाँच जना विशेष प्रशिक्षकले यो तामिल दिदैं आएका छन् । चुलाचुली मुख्यालयका एकजना जनसेनाले बन्दुक पड्काउने, मार हान्ने, मर्मत गर्ने, विष्फोटक विच्छाउने, लडाँइमा दुष्मनबाट छलिने, दुष्मनलाई प्रहार गर्ने, विष्फोटक निष्कृय पार्ने,जनतासँग मिलेर काम गर्ने, उनीहरुको मन जित्ने तौर तरिका, दैविक विपत्तीमा सहयोग गर्दा अपनाउन पर्ने सावधानी आदि सबै विषयको ज्ञान आफँूहरुले पाईरहेको बताए । उनले भने-यो कक्षा भने हाम्रा लागि नौलो हो । युद्धकालमा दुष्मनका गौडा हान्ने र लडाँइमा बच्ने तरिकाको विषयमा मात्र प्रशिक्षण दिने गरिएको थियो ।
विहान १० बजेको युद्धकला कक्षापछि जनसेनाको बिहानको दैनिकी पुरा हुन्छ । ११ बजेसम्म खाना खाएर कोही शिविरको छाप्रोमा झकाउँछन् । पत्रिका पढ्नेहरु लाईब्रेरीतर्फ लाग्छन् । गीत सुन्ने र टेलिभिजन हेर्नेहरु भने कार्यालय र छाप्रा भित्र पस्छन् । त्यसो त शिविरमा जनसेनाकालागि सामान्य स्तरका सबै सुविधा उपलब्ध छ ।
सह कमाण्डर पावेलको भनाईमा जनयुद्धका बेला, क्याण्टोनमेण्टको बर्साई क्रममा र समाजोनका लागि गरिएका सबै सैन्य तालिमको प्रकृति समान मानिन्छन् । अहिले जनमुक्ती सेनाले व्यवसायिक सेनाले गर्ने फिल्ड क्राफ्ट र ब्याटल क्राफ्ट नामका तालिम मात्र गरेका हुन् । पावेल भन्छन्-हामीले युद्धका बेलापनि तालिम दिने क्रमलाई निरन्तरता दिएकै हो ।
चुलाचुली डिभिजन मुख्यालयका सैन्य सचिव नरेश भन्छन्-सैन्य व्यवसायिकताकालागि आवश्यक पर्ने सबै पूर्वाधार तयार हुदैंछन् । संविधान सभा निर्वाचनमा माओवादीको जितले जनसेनामा थप उत्साह थपिएको बताउँदै उनले भने-माओवादीको जितले सेना समायोजनका लागि सकारात्मक ढोका खोलि दिएको छ । हाम्रा सेना अन्तराष्ट्रिय सेनामा हुनपर्ने गुणको विकास गर्न लागिपरेका छन् । अहिले सम्मको माओवादीको जितले नेपाली सेना र जनसेनाको समायोजन चाँडै हुनेमा विश्वास बढ्दै गएको उनको दाबी छ । उनले समायोजनाका लागि शारिरीक र मानसिक तयारी गर्न जनसेनाले कुनै कसर बाँकी छाडेका छैनन् । भन्छन्-हिजो युद्धकालको जस्तै मेहनत गरिरहेका छन् हाम्रा लाल सेनाले ।

तालिमका लागि हामीसँग शिविरहरुमै सबै पूर्वाधार भएकोले पनि सहज भएको छ -उनले भने ।उनका अनुसार जनमुक्ती सेनाले अहिले तालिममा ध्यान केन्द्रीत गरेकोले जनपक्षिय कामबाट भने अलग्गै बस्नुपर्ने अवस्था अएको छ । पावेलले भने-अहिले सबैको ध्यान तालिममा केन्द्ति भएको छ । उनीहरुले शिविर रहेको आसपासको क्षेत्रमा चलाउने स्वास्थ्य शिविर, विकास निमार्ण कार्यलाई हाल थाँति राखिएको पावेल बताउँछन् ।
दिउँसोको विश्रामपछि जनसेनाले अपरान्ह ४ बजे खाजा चिया सकाएर फेरि कक्षामा निस्कनु पर्छ । ६ घण्टा लगाएर विहानी समयामा जनसेनाले सिकेका शारिरीक व्यायाम र सैद्धान्तीक ज्ञानको परिक्षण ३ घण्टामा हुन्छ । यो परिक्षण दैनिक चल्ने क्रियाकलापमा पर्दछ । आर्थात साँझ ७ बजेसम्म शैन्य कक्षामा सिकेका कुरा कमाण्डरले सोधे अनुसार जवाफ दिनुपर्छ ।साथीभाईले पनि कक्षामा सवाल जवाफ गर्छन । विशेष गरि कक्षामा लडाँइ, मार्च पास, सलामी गर्ने तौर तरिका देखि लिएर हतियारका विभिन्न भागको नामसम्म सोध्ने गरिएको दानावारी सहायक शिविरका एक जनसेना बताउँछन् । उनका अनुसार प्रशिक्षकले शैन्य सम्बन्धि हाजीर जवाफ पनि हुने गरेको छ ।
यस्ता कक्षा चलाउन चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरुमा हलकै व्यवस्था गरिएको छ । ती हलहरुमा समूहमा बसेर जनसेनाले कक्षा लिनु पर्दछ ।
माओवादी जनसेनाको समायोजनको लागि शिविरहरुमा शैन्य कक्षा चलिरहँदा चुलाचुली र मातहतका सबै जनसेनाको स्वास्थ्य परिक्षण गर्ने कार्यपनि संम्पन्न भएको छ । जेठ पहिलो साता सहायक शिविरबाट ट्रका राखेर ल्याइएका जनसेनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जर्मन सहयोग नियोग जिटीजेड र सुष्मा कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानको सहयोगमा एक हप्तासम्म चुलाचुलीमा शिविर नै चलाएर जनसेनाको स्वास्थ्य परिक्षण गरिएको हो । यद्धपि मुख्यालयले भने नियमित स्वास्थ्य जाँच भन्ने गरेको भएपनि शिविरमा युद्धका बेला र्घाईते भएका कतिपय जनसेनाको शल्यकृया समेत भएको थियो ।
मुख्यालयले आफूँ मातहतका सहायक शिविरमा समेत गरि एक सय जना जनसेनाको शरिरबाट अहिले पनि गोली झिक्न बाँकी रहेको जनाउँदै आएको छ ।
प्रथम डिभिजन मुख्यालय र मातहतका सहयाक शिविरमा तीन हजार दुइ सय २१ जनमुक्ती सेनाको दर्ता छ ।

No comments: