Saturday, August 2, 2008

प्रहरीलाई कालो मोसो

दमक/झापाको महाभारामा कार्यरत एक प्रहरीलाई स्थानियबासीले कालोमोसो दली गाउँ घुमाएका छन् ।
महाभारा प्रहरी चौकीमा कार्यरत गोकुल रानालाई स्थानियबासीहरुले पक्राउपरेका युवालाई छोडेको भन्दै गाउँ घुमाएका थिए ।
गाउँका ६ जना फटाहा युवालाई स्थानियबासीहरुले पक्रिएर शुक्रबार प्रहरी चौकी पुर्‍याएको भोलिपल्ट शनिबार उनीहरुलाई छोडेको बिरोधमा प्रहरी चौकी घेरा हालि कालोमोसो दलेका थिए ।
घटनाको विरोधमा आज दुधे महाभारा कु्न्जीवारी सडकमा यातायात सेवा बन्द छ ।


No comments: